म्यानमारमा धान/चामलको मूल्य बढेसँगै सस्तो मूल्यमा चामल किन्न लाइनमा


म्यानमारको याङ्गुनमा रहेको चामल र धानको थोक डिपो (वार्डन) मा चामलकाे भाउ बढ्दै गएपछि सस्तो मूल्यमा चामल किन्न मानिसहरू लाइन लागेका छन् ।

म्यानमार चामल महासंघको नेतृत्वमा म्यानमार चामल तथा धान व्यापारी संघ, म्यानमार चामल मिलर्स संघ र म्यानमार धान उत्पादक संघको नेतृत्वमा चामल तथा धानका थोक डिपोले उपभोक्तालाई सस्तो मूल्यमा चामल बिक्री गर्ने कार्यक्रम गरेको हो ।

तीन वर्षअघि शुरु भएको यो कार्यक्रम हरेक वर्ष सञ्चालन हुँदै आएको छ । यस वर्ष गत सोमवारदेखि शुरु भएको र बजारमा चामलको मूल्य स्थिर नभएसम्म जारी रहने चामल तथा धान थोक डिपो (वरदान) ले जनाएको छ ।

प्रत्येक घरपरिवारले दुईवटा प्याकहरूः उच्च गुणस्तर र नियमित गुणस्तर महिनामा एक पटक मात्र किन्न सक्नेछन् । व्यापारी र थोक बिक्रेतालाई खरिद गर्न निषेध गरिएको छ ।

म्यानमार राइस फेडरेशनका अनुसार खरिदकर्ताहरूले आफ्नो घरपरिवार दर्ता र राष्ट्रिय दर्ता कार्डको प्रतिलिपि ल्याउनैपर्छ ।