किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको छः सांसद पाण्डे


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको टिप्पणी गरेका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको बताएका हुन् । रेगिस्तानको मरुभूमिमा मृगले पानीको खोजीमा दौडँदा दौडँदै मृत्युवरण गर्नुपरे जस्तै किसान पनि मल, बीउ र सिंचाईका लागि दौडनु परेको उनले बताए ।

उहाँले किसानहरु मल पाए बीउ नपाउने र बीउ पाए सिंचाई नपाउने अवस्थामा रहेका बताउनु भयो । उहाँले सबै पाएको अवस्थामा बजारको व्यवस्थापन नहुने बताउनु भयो । सांसद पाण्डेले यसरी देश कता पु¥याउन खोजिएको हो भनि प्रश्न समेत गर्नुभयो । 

“किसानको अवस्था एउटा रेगिस्तानको मृगको अवस्था भएको छ । जसरी मृगले मरुभुमिमा दौडँदा दौडँदै पानीको खोजमा मृत्युवरण गर्नुपरेको छ, नेपालको किसानहरुको अवस्था त्यस्तै छ । मल पाए बीउ पाउँदैन । बिउ पाए मल पाउँदैन । यो दुईवटै कुरा भयो भने सिँचाइको सुविधा हुँदैन,” उनले भने ,”सिंचाई भएको ठाउँमा मल र बीउ पाउँदैन । यो सबै भयो भने बजारको व्यवस्थापन भएको छैन । किसानले गाई पालेर, गाई पनि ऋण काडेर लिएर आएको गाई र भैँसीको दुध विक्री गरेको भुक्तानी भएको छैन । यो देश कता जान खोजेको हो ? कता पु¥याउन खोजिएको हो ?”

सांसद पाण्डेले अस्पताल, विद्यालयमा पनि उस्तै समस्या रहेको बताउनु भयो । उहाँले कुनैपनि क्षेत्रमा सहज अवस्था नभएको बताए ।