एमसीसी र बिआरआई बिचको अन्तर स्पष्ट पार्न अध्यक्ष केसीको माग


काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिआरआई र एमसीसी परियोजना बिचको अन्तर स्पष्ट पार्न माग गरेका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बिआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरुले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरेका हुन् ।

उनले नेपालमा बिआरआई परियोजनाको बिरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको भन्दै त्यस कुराप्रति नेपाली जनता सजग हुनुपर्ने बताए ।

अमेरिकाले चिन बिरोधी अखडा नेपाललाई बनाउनका लागि एमसीसी परियोजना ल्याएको उनको भनाई छ । बिआरआई परियोजना र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्नु नहुने उनले बताए । 

उनले एमसीसीलाई अमेरिकी साम्राज्यवादको पासोको संज्ञा दिए ।