हालसम्म १ लाख ३६ हजार बढी हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न, कुन प्रदेशमा कति ?


काठमाडौँ । देशभर ९ प्रतिशतमात्रै रोपाइँ भएको छ । हिजो (बुधबार)सम्ममा देशभर ९ प्रतिशत रोपाइँ भएको कृषि बिभागले जनाएको छ ।

विभागको तंथ्याक अनुसार हिजोसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र सबैभन्दा कम मधेस प्रदेशमा २.९ रोपाइँ भएको हाे ।

त्यस्तै कोशी प्रदेशमा १५ हजार ३ सय ६०.०३ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ। यो कूल रोपाइँ क्षेत्रको ५.६प्रतिशत हो। गत वर्षको यसै अवधिमा ६.५ प्रतिशत क्षेत्रमा रोपाइँ भएको थियो।

यस्तै मधेश प्रदेशमो ११ हजार ४०.०३ हेक्टर क्षेत्रमा धान रोपाइँ भइसकेको छ। यो कूल रोपाइँ क्षेत्रको २.९ प्रतिशत हो। गत वर्षको सोहि अवधिमा पनि २.९ प्रतिशत धान रोपाइँ भएको थियो।

बाग्मती प्रदेशमा २० हजार ५५०.०१ हेक्टर जमिनमा धान रोपाइँ भएको छ। यो कूल रोपाइँ क्षेत्रको १८.३ प्रतिशत हो। गत वर्षको यसै अवधिमा ५.० प्रतिशत रोपाइँ मात्र भएको थियो।

गण्डकी प्रदेशको ८ हजार २४७ हेक्टर क्षेत्रमा रोपाइँ भएको छ। यो कूल रोपाइँ क्षेत्रको ८.३ प्रतिशत हो। गत वर्ष याे अवधिमा ६.९ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको थियो।

लुम्बिनी प्रदेशमा २७ हजार ५७० हेक्टर क्षेत्रमा राेपाइँ भएकाे छ ।याे कूल राेपाइँ क्षेत्रको ८.८ प्रतिशत रोपाइँ भएको छ। गत वर्षको यसै अवधिमा १०.९ प्रतिशत क्षेत्रमा रोपाइँ भएको थियो।

कर्णाली प्रदेशमा १० हजार १०.१ हेक्टर रोपाइँ सकिएको छ। यो कूल रोपाइँ क्षेत्रको २३.९ प्रतिशत हो। गत वर्षको यसै अवधिमा २२.६ प्रतिशत धान रोपाइँ सकिएको थियो।

सुदूर पश्चिम प्रदेशमा ४३ हजार ६३४.३५ हेक्टरमा धान रोपाइँ सकिएको छ। यो कूल रोपाइँ क्षेत्रको २५ प्रातिशत हो । गत वर्षको साे अवधिमा २२.६ प्रतिशत रोपाइँ सकिएको थियो।

याेसँगै हालसम्म देशभर १ लाख ३६ हजार ४११ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएकाे छ । यस वर्ष कुल १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने विभागको अनुमान छ ।