पुरानो नगद लाभांश लिन सेयरधनीलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको आग्रह


काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

साविक रेसुङ्गा विकास बैंक र पूर्णिमा विकास बैंक समेतका सेयरधनीहरूलाई ५ वर्ष पहिले साधारणसभाबाट पारित भएको नगद लाभांश बुझ्न बाँकी सेयरधनीहरूलाई बुझिलिन आग्रह गरेको हो ।

सेयरधनीहरूलाई साउन २० गतेभित्र बैंकको केन्द्रीय तथा शाखा कार्यालय वा सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेडको केन्द्रीय वा शाखा कार्यालयमा सम्पर्क गरी नगद लाभांश प्राप्त गर्न समेत बैंकले एक सूचनामार्फत जानकारी गरेको छ ।

तोकिएको म्यादभित्र सेयरधनीहरूले आफ्नो नगद लाभांश बुझन नआएमा सम्बन्धित सेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख गरेको छ ।