टेरामक्स प्रविधिले कल बाइपास गरेर वार्षिक रुपमा हुने २५ अर्ब घोटाला रोकेको छः सांसद बस्नेत


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताए।

उनले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको उल्लेख गरे । कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको उनले बताए ।

आफूले आँट गरेर सो विधिको शुरुवात गरेको उनकाे भनाइ छ। आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने उल्लेख गरे ।

सांसद बस्नेतले एनसेल कालोबजारी गर्ने ठूलो संस्था भएको पनि बताए ।