आरोह फर्टिलाइजर्सले सुरू गर्‍यो जैविक मलको उत्पादन,घण्टामा २.३ मेट्रिक टन उत्पादन गर्ने


काठमाडौँ । आरोह फर्टिलाइजर्स प्रा.लिले जैविक मलको उत्पादन सुरू गरेको छ । आज (शुक्रबार) कम्पनीले पत्रकार सम्मेलन गर्दै जैविक मल उत्पादन गर्नको लागि धनुषाको तेजनगरमा साढे ३ बिगा जमिन लिएर घण्टामा २.३ मेट्रिक टन जैविक मल उत्पादन सुरू गरेको जनाएको छ ।

२०७६ सालमा कम्पनी दर्ताको प्रकृया अगाडि बढाएपनि कम्पनी दर्ता भएको २ वर्षपछि मात्रै कृषि मन्त्रालयको सचिवस्तरीय निर्णयले आरोहलाई जैविक मल उत्पादन गर्ने कारखाना खोल्न अनुमति दिएको कम्पनीका संचालक शैलेन्द्र शमशेर जंगबहादुर राणाले जनाकारी दिए । उनले भने, “कम्पनी दर्ता भएर निर्माण सम्पन्न भएपनि २ वर्षसम्म मलकाे विषयमा अनुसन्धान गरेर मात्रा बजार आएका हाैँ ।अब नेपालमा खेतिपातिको मौसममा सधैँ मलको हाहाकार हुने समस्याकाे अन्त्य हुन्छ ।”

उनका अनुसार हिमाल, पहाड, तराईको माटोमा परिक्षण पश्यात कृषकको लागि उपयुक्त रहेको प्रमाणित हुँदै नेपाली बजारमा पहिलो पटक उक्त मल ल्याएको हो ।

नेपालमा कृषि मन्त्रालयले स्वीकृति दिएर जैवीक मल उत्पादन गर्ने लाइसेन्स प्राप्त गर्ने पहिलाे उद्योग भएको संचालक राणाकाे दाबी छ। कम्पनीले हाल तीन किसिम्मका मलहरू उत्पादन गर्दै आएको छ । जसमा आरोह बायो जौविक तरल मल, दोनदार र पाउडर मल र किटनाशाक मलहरू छन् ।

हरियो नेपाल तर्फ एक पाइल भन्ने नाराको अवधारणाको अनुसार उक्त मल वातावरण मैत्री, माटोको उर्बराशक्ति बढाउने प्रकृतिको रहेको कम्पनीको दाबी छ ।