नेपालमै पहिलोपटक २२ र २५ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला


काठमाडौँ । शिला मोटर्सले ‘भ्यान्चे’ ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ।

एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले जनाएकाे छ ।

सिएटिएल १ सय २३ किलोवाटको लिथियम आइरन फोस्पेट ब्याट्री जडान हुने यो बसमा पूर्ण रूपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ भने यो गाडीको लम्बाइ २५ फिट हुने कम्पनीले जनाएकाे छ ।

फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा सञ्चालन गर्न यो बस यात्रु मैत्री हुने शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए।

१ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ।

दसैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको कम्पनीको भनाइ छ।

विगत १० बर्षदेखि व्यवसायिक गाडीहरू बिक्री वितरण गर्दै आएको शशिला मोटर्स प्रा।लि। पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि भ्यानचे ब्राण्डका सबै बस तथा भ्यानहरूको पनि आधिकारिक बिक्रेता बनेको छ।