आइतबार दोहोरो अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ८८ लाख ७४ हजार १५४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.०६ प्रतिशतले बढेको छ ।

त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.३० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।