कृषि मन्त्रालय र केन्द्रीय दुग्ध सहकारीबिच सहमति,आन्दोलनका कार्यक्रम स्थगन


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड बिच सहमति भएको छ । दुग्ध उत्पादक किसानहरूले दूध विक्री गरे वापत दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समयदेखि बाँकी रहेकोले सो रकमको भुक्तानी गर्ने सहमति भएकाे हाे ।

सम्झाैता अनुसार २०८० चैत्र मसान्तसम्म भुक्तानी हुन बाँकी रकम असार २७ सम्म गरिसक्ने र वैशाख र जेष्ठको बाँकी बक्यौता रकमको भुक्तानी २०८१ भाद्र मसान्तसम्म गरिने भएकाे छ ।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले लगायत अन्य दश गरी एघार माग सहितको विज्ञप्ति गत जेठ २२ मा निकाली आन्दोलनका कार्यक्रम गरिरहेको परिप्रेक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्र, राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रिय दुग्ध सहकारी संघ लि, नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघका प्रतिनिधिहहरूबिच संवाद भइ किसानहरूका माग पूरा गर्ने सहमति भएको थियाे ।

याेसँगै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगन गर्ने समेत सहमति भएकाे छ ।