सिआइबीले भन्यो : पाँचवटा डमी कम्पनी तयार गरेर ३० अर्ब मूल्य बराबरको अवैध सुन तस्करी


काठमाडौं । ब्रेक सुमार्फत भएको ६० केजी सुन तस्करीको थप अनुसन्धानमा २० जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले कम्तीमा ४६ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्ने तयारी गरेको छ । उनीहरूविरुद्ध २ अर्बभन्दा बढी बिगो माग गर्ने तयारी भइरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार पत्रकार सम्मेलन गर्दै ६० किलो सुन प्रकरणको अनुसन्धानका क्रममा नेपालमा विभिन्न ५ वटा डमी कम्पनी तयार पारेर करिब ३० अर्ब मूल्य बराबरको अवैध सुन चोरी पैठारी भएको तथ्य खुलाएको छ।

विभिन्न इलेकट्रोनिक मालवस्तु तथा ब्रेक शुमा गरेर ३ हजार १९४.६६८ केजी अवैध सुन चोरी भएको देखिएको प्रहरीले जनाएको छ । यसरी फेला परेको सुनको कूल मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ हुन आउने ब्यूरोले जनाएको छ।

ब्रेक शुका साथै साथै पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन लगायत सामानभित्र लुकाई छिपाई ल्याएको अवैध सुनको भुक्तानी प्रक्रिया र संलग्नहरूको पहिचान गरी कानूनी दायरामा ल्याउने सीआईबीले जनाएको छ।

०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम बरामद भएपश्चात् राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हर्कराज राई समेत अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधतर्फ अनुसन्धान सुरु गरिएको पनि सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा भारतीय र चिनियाँ पनि छन् ।