काठमाडौँ । पोखरा महानगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ ।
मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत १९ करोड ८१ लाख छुट दिइएको विषयमा उजुरी परेपछि छानबिनका लागि कागजात जफत गर्न मंगलबार अख्तियारको टोली महानगरपालिकाको कार्यालय पसेको हो ।
अख्तियारले मणिपाल अस्पतालसँग सम्बन्धित राजस्व छुट दिनेसम्बन्धी महानगरपालिकाको कार्यपालिकाको बैठकको निर्णय र अन्य सबै फाइल नियन्त्रणमा लिएको छ ।
महानगरपालिकाको २०७९ चैत १० मा बसेको १६ औं बैठकले १ करोड ७५ लाख ५३ हजार रुपैयाँ मात्र राजस्व लिएर नक्सा पास दिने निर्णय गरेको थियो । त्यसपछि मणिपालले नक्सा पास एवं भवन निर्माण सम्पन्न प्रमाणपत्रबापत १९ करोड ८१ लाख ११ हजार रूपैयाँ छुट पाएको थियो ।
मणिपाल अस्पतालले बनाएका भवनको नक्सा पास र जरिवानासहित २१ करोड ५७ लाख ११ हजार ७९८ रूपैयाँ राजस्व महालेखाको २०७६\७७ को प्रतिवेदनले असुल गर्न भनेको थियो ।
प्रतिक्रिया दिनुहोस्