५ सय र हजारको नोटमा प्रतिवन्ध लगाउन काँग्रेस सांसद पन्तको माग


काठमाडाैँ । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमला पन्तले ५ सय र हजारको नोटमा प्रतिवन्ध लगाउन माग गरेकी छिन् ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा उनले अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि पाँच सय र हजारको नोट प्रतिवन्ध लगाउनुपर्ने बताइन् ।

उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन् । कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न उनले आग्रह गरिन् । 

सांसद पन्तले बुढीगण्डकी परियोजना तत्काल लागू गर्न माग गरेकी छिन् ।