झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब रुपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबार चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २१०४.२२ अंकले बढेर २१०४.२२ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयर मूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयर मूल्य घटेको छ ।

बुधबार नेप्सेमा मञ्जुश्री फाइनान्सको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको २३ करोड १ लाख ७७ हजार ७७४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सेन्ट्रल फाइनान्स, आइसिएफसी फाइनान्स, गुह्ेश्वरी मर्चेन्ट र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९८ प्रतिशत र ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै चिरख्वा हाइड्रोपारका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.७० प्रतिशतले घटेको छ ।

कुल ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।