समस्याग्रस्त २९ वटै सहकारीका सञ्चालकलाई उपस्थित हुन छानबिन समितिको निर्देशन


काठमाडाैँ । सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ ।

सीआईबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, आईजीपी र गृहमन्त्रालयका सचिवसँग भोलि जानकारी लिने कार्यसूची रहेको सभापति सूर्य थापाले बताए ।

बिहीबारको बैठकमा समितिको कार्यादेशको अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ । सभापति थापाले सहकारीलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग आग्रह गरेको बताए ।

आज महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीसँग छलफल गरिएको थियो ।

सहकारी सञ्चालकहरूलाई कानूनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उनले नआए कानूनबमोजिम नै कारबाही हुने चेतावनी दिए ।