नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको साँवा ब्याज रकम भुक्तानी लिन राष्ट्र बैंकको अनुरोध


काठमाडौँ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र कतिपय धनीहरुले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम लिन राष्ट्र बैंकले बचतकर्ताहरुलाई आग्रह गरेको छ ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका धनीहरुले साँवा ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकोले यथाशिघ्र भुक्तानी लिनको लागि आग्रह गरेको हो ।