सरकारले तोक्यो धानको समर्थन मूल्य, प्रतिक्विन्टल कति ?


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद्‍को बैठक धानको समर्थन मूल्य तोकेको हो । मोटा धानको प्रतिक्विन्टल तीन हजार ४१०.५१ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ५८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन गर्न उच्च अदालतका पूर्वन्याधशीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

नेकपा एमालेले सरकार छाडेपछि आज पहिलोपटक मन्त्रिपरिषद्‌को बैठक बसेको हो ।