विद्यालय शिक्षामा केन्द्रित नभए उच्च शिक्षामा विद्यार्थी पाउन गाह्रो हुन्छ: सुमना


काठमाढौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले अझै पनि विद्यालय शिक्षामा केन्द्रित नभए उच्च शिक्षामा विद्यार्थी पाउन गाह्रो हुने बताएकी छिन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै मन्त्री श्रेष्ठले प्रारम्भिक बाल विकासइसीडी देखि १२ कक्षा सम्म विद्यार्थीको राम्रो हेरचाह नगरे उच्च शिक्षाका लागि विद्यार्थी पाउन मुस्किल पर्ने बताएकी हुन् ।

“हामी विद्यालय शिक्षामा फोकस नगर्ने हो भो उच्च शिक्षाको लागि विद्यार्थी पाउँदै पाउदैन, त्यसकारण यो इसीडी देखि लिएर १२ कक्षा सम्म हामीले. विद्यार्थीको टेक केयर गर्नै पर्छ,” उनले भनिन, “भएको स्रोतसाधनले नयाँ ज्ञान र सीपमा जोड्ने भनेर अब हामीले ध्यान नदिने हो भने ‘टू लेट हुन्छ’।”