ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको साझेदार


काठमाडाैँ । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र ग्लोबल आईएमई बैंक बिच सम्झाैता भएकाे छ ।

२०८१ असार २० गते सम्झौता पत्र हस्तान्तरण भएकाे थियाे । यो साझेदारीले नास आईटीको उद्योग-बिचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको संकेत गर्ने जनाएकाे छ।

यस साझेदारी मार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्ने उल्लेख गरेकाे छ।

नास आईटी मार्फत् बैंकको डिजिटल बैंकिंग र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन्। नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्ने जनाइएकाे छ ।

ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दीगो कोषलाई सहयोग गर्ने पहिलो दीगो साझेदार बनेको छ। नास आईटीले प्रमुख साझेदारहरूसँग साझेदारी गर्न, नवाचार र अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन गर्न, शिक्षा र सीप विकासलाई प्रवर्द्धन गर्न, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दीगो कोष सुरू गरेको उल्लेख गरेकाे छ।