लगानी सहजीकरण सम्बन्धी ऐनलाई दुई-तीन दिनमै प्रमाणीकरण गराउनुपर्नेछः मन्त्री शर्मा


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रमाणीकरण गर्न ढिला गर्न नहुने बताएकी छिन्।

आईतवारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले समयको सिमितता रहेकाले अबिलम्ब पास गर्नु पर्ने बताएकी हुन्।

शर्माले दुई–तीन दिन भित्रमा राष्ट्रपतिबाट कानून प्रमाणीकरण गराउन नसके शुन्यमा झर्ने भएकाले तत्काल संसदबाट पारित गर्नुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय निकुञ्ज ऐन, वन ऐन लगायतका धेरै ऐनहरु संशोधन गर्न आवश्यक रहेको बताइन्।

शर्माले भनिन्, “हामीले दुई, तीन दिन भित्रमा राष्ट्रपतिबाट यो कानून प्रमाणीकरण गराउन सकेनौँ भने शुन्यमा जान्छ । आजै राष्ट्रिय सभाकबाट पारित गरेर प्रतिनिधि सभामा लैजाँदैछौँ । त्यहाँबाट सम्माननीय राष्ट्रपतिज्यु कहाँ पु¥याएर यो ऐन प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।”

मन्त्री शर्माले विधेयकहरु पास गरेर जानुपर्ने अहिलेको बाध्यता भएको तर्क राखिन्।

—न्युज एजेन्सी नेपाल