सिटिजन्स बैंकका ग्राहकहरुले कावासोती हस्पिटलमा छुट पाउने


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कावासोती, नवलपुरस्थित कावासोती हस्पिटलबीच विशेष छुट दिने सम्झौता भएको छ ।

सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कावासोती हस्पिटलका सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने सम्बन्धमा सम्झौता भएको हो ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।