मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ५३ करोड रुपैयाँको कारोबार


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ९ ओटा उपसमुहको सेयर मूल्य बढेको छ भने ४ ओटा उपसमुहको सेयर मूल्य घटेको छ ।

मंगलबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको १९ करोड ७७ लाख ७५ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन गणपती लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.४७ प्रतिशतले घटेको छ ।

कुल ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।