संसदीय छानबिन समितिले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने


काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने बताएका छन् ।

सहकारी पीडितहरूसँग आज भएको छलफलमा बौल्दै सभापति थापाले कानूनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरूलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरू खोज्ने बताएका हुन् ।

उनले विदेशमा भएका सहकारी ठगहरूलाई नेपालमा ल्याउन प्रधानमन्त्रीसँग माग गर्ने बताए ।

सरकार र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गर्ने बताए ।

समितिले वास्तविकतामा आधारित भएर काम गर्ने र सरकारको तर्फबाट भएका कमजोरीहरू खोजिरहेको सभापति थापाको भनाई थियो ।

उनले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट वचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताए ।

समितिले पनि यही कुरामा बढी केन्द्रित भएर आएका तथ्यहरू जुटाइरहेको बताए ।

थापाले भने, “समितिले जे हो त्यो गर्छ । सरकारको तर्फबाट लुप होलहरू छन् भने ती पनि खोजिरहेका छौँ । सरकारका निकायहरू गृह प्रशासन,प्रहरीलाई बोलाएर पनि भनिरहेका छौँ । सहकारी ठगेर विदेश जो पलायन भएका छन् । उनीहरुलाई नेपालमा ल्याउने कानूनी प्रवन्धका बारेमा जानकारी लिएका छौँ ।”

सभापति थापाले चितवनमा एउटै मान्छे कोषाध्यक्ष,पोखरामा अध्यक्ष र नेपाल गञ्जमा उपाध्यक्ष अर्को ठाउँमा ऋण समितिको सदस्य एउटै मान्छे हुने विषयलाई पनि समितिले गम्भिर रुपमा अध्ययन गरी रहेको बताए ।

Skip This