राष्ट्रपति द्वारा नयाँ प्रधानमन्त्री पदको दाबी आव्हान, केपी ओलीद्वारा दाबी पेश


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्प कमल दाहालले विश्वासको मत प्राप्त नगरेकाले नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आव्हान गरेका छन् ।

शुक्रवार संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधीसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन् दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री पदको लागि दाबी पेश गर्न आव्हान गरिएको हो ।

आइतवार अपरान्ह ५ः०० बजेभित्र दाबी पेश गर्न आव्हान गरिएको छ । आव्हान लगत्तै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीद्वारा दाबी पेश गरिएको छ।

नेपाली कांग्रेसको समर्थनमा ओलीको दाबी पेश गरिएको हो । ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्द शुक्रवार नै कांग्रेस सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउवा र ओलीले हस्ताक्षर गरेको पत्र राष्ट्रपति समक्ष पेश गरिएको छ ।

कुल १६५ संसदकाे समर्थनमा दाबी पेश गरिएकाे हाे। संसदमा नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७८ सदस्य रहेका छन्।

संविधानको धारा ७७ को व्यवस्था अनुरुप नयाँ मन्त्रीपरिषद् गठन नभएसम्मका लागि अर्थात् आइतवार अपरान्ह ५ बजेसम्म भने प्रचण्ड मन्त्रीपरिषद् कायम रहनेछ।