एमाले र कांग्रेसबिच मिल्यो मन्त्रालयको भागबन्डा, कसलाई कुन ?


काठमाडौँ । नेकपा एमाले र नेपाली कांग्रेसबिच मन्त्रालय भागबन्डा टुंगो लागेको छ ।भागबण्डा अनुसार कांग्रेसको भागमा गृह, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, उर्जा, जलस्रोत तथा सिँचाइ, कानून, न्याय तथा संसदीय मामिला​ मन्त्रालयहरू परेका छन् ।

त्यस्तै एमालेको भागमा अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरू परेका छन् ।

प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण समारोह भोलि बिहान ११ बजेका लागि आयोजना गरेको छ ।