एमाले टुंगो लगायो ८ जना मन्त्रीको नाम, अर्थमन्त्रीमा विष्णु पौडेल


काठमाडौँ । नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

एमाले स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री बन्ने ८ जनाको नाम टुंगो लगाएका हुन्। जसमा एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् ।

एमाले स्रोतका अनुसार उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले पाउने भएका छन् ।

त्यस्तै पृथ्वीसुब्बा गुरुङले सूचना तथा सञ्चार मन्त्रालय, देवेन्द्र दाहाल भौतिक योजना मन्त्रालय, विद्या भट्टराईले शिक्षा मन्त्रालय, मानवीर राईले रक्षा मन्त्रालय, दामोदर भण्डारीले उद्योग मन्त्रालय, राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्ने भएका छन् ।

नयाँ मन्त्रीहरूले आजै शपथ लिने तयारी छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे सपथ लिँदैछन् । त्यसलगत्तै नयाँ मन्त्रीहरूको पनि शपथ हुने भएको छ।