काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर किर्तिमान कायम गरेको छ । केहि समयदेखि निरन्तर बढिरहेको सुनको मूल्य मंगलबार प्रतितोला डेढलाखको हाराहारीमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर ८ लाख ४७ हजार १ सय रुपैयाा पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाामा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
तर, आज चाँदीको मूल्य भने घटेर कारोबार भएको छ । बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्