७ वर्षसम्म निश्चित ब्याजदरमा एनएमबि बैंकको ‘इभी अटो लोन’


काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराउने भएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीयय गाडी सेग्मेन्टमा कम ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको हो ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्य तर्फ योगदान दिन सक्ने बैंकले जनाएको छ । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबि सुलव अटो लोन लिन सक्ने बैंकले जानकारी दिएको छ ।

Skip This