काठमाडौँ । नेपाल बैंकर्स संघका पदाधिकारीहरुले नव नियूक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटघाट गरी बधाई तथा शुभकामना दिएका छन् ।
संघका अध्यक्ष सुनिल के.सी.ले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पु¥याएको योगदानका बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेको बैंकिङ्ग क्षेत्रका चुनौतीहरुका विषयमा जानकारी गराएका थिए । साथै, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्षमा पनि कर्जा बिस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरकार अग्रसर हुनुपर्ने उनले बताए ।
भेटका क्रममा संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता विषयमा अवगत गराउँदै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
नव नियूक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले पु¥याएको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउनेतर्फ सबै अग्रसर हुनु पर्ने बताए ।
बर्तमान अर्थतन्त्रको प्रमूख चुनौतीको रुपमा आम मानिस तथा उद्यमी, व्यवसायीमा घट्दै गएको आत्मविश्वासलाई उच्च बनाउ“दै आर्थिक क्रियाकलापलाई बढाउनेतर्फ सबै सरोकारवाला गम्भिर भएर लाग्नु पर्ने उनको भनाइ छ । पौडेलले सरकार सबैको अभिभावक भएको कारण सबैको समस्यालाई आत्मसाथ गर्दै समस्याको समाधानको लागि अग्रसर रहेको विश्वास दिलाएका छन् ।
बंैकका कर्मचारी माथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको बताए । साथै, जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएको कारण समाजमा बढ्दै गईरहेको ऋण लिएर तिर्दिन भन्ने प्रबृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको उल्लेख गरे ।
वर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहने भएकोले अर्थतन्त्रमा देखिएको राजनैतिक अस्थिरताको समस्या अन्त्य हुन गई अर्थतन्त्र चलायमान हुने विषयमा सबैलाई आशाबादी हुन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्