डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ वर्षदेखि जारी डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार बिहान डेडिकेटेड तथा ट्रंक लाइनसँग सम्बन्धित उद्योगीहरूसँग भेटेलै प्रधानमन्त्री ओलीले समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उद्योगको लाइन काटेर समाधान ननिस्कने भएकाले चाँडै लाइन जोडिदिएर विवाद समाधान गर्ने प्रधानमन्त्रीले आश्वासन दिएको भेटमा सहभागी एक उद्योगीले बताए ।

प्राधिकरणले लाइन काटेपछि उद्योगहरुले उत्पादन बन्द गर्नुपरेको बताउँदै उनले भने प्राधिकरणले लाइन काटेको उद्योगहरुमा कतिपय निर्यात गर्ने उद्योगहरु पनि छन् उत्पादन बन्द गर्नुपर्ने भएपछि ती उद्योगहरुले अर्डर नै रद्द गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको छ ।

Skip This