अदालतको आदेशपछि महानगरले सुरू गर्‍यो न्यूरोडमा फुटपाथ विस्तारको काम (फाेटाे फिचर)


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारको काम पुनः सुरू गरेको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले फुटपाथ विस्तार गर्न थालेको हो।

सडक डिभिजन कार्यालय र महानगरबिच फुटपाथ विस्तारको विषयमा कुरा नमिल्दा काम रोकिएको थियो। महानगरले फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयको हस्तक्षेपले काम रोकिएको थियो।

तर महानगरले उच्च अदालतमा हालेको मुद्दामा अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो।

Skip This