विहीबार घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


काठमाडौँ । विहीबार छापावाला सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको छ।

यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँ रहेको छ ।

विहीबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ