रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु छः मन्त्री खड्का


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशका रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु भएको बताएका छन् ।

बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु रहेको बताए ।

उनले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको उल्लेख गरे । १० हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्न लागेको उनले जानकारी दिए ।

त्यस्तै केही दिनपछि बंगलादेशसँग ४० मेगावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने उनले बताए । मन्त्री खड्काले इन्जिनियरहरु कुनैपनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरु अलपत्र परेको भन्दै यस सम्बन्धमा इन्जिनियरहरुको ध्यानाकर्षण गराए ।

उनले इन्जिनियरहरुलाई द्विपक्षिय अथवा त्रिपक्षिय सम्झौता गरेर काम गर्न सुझाव दिए । मन्त्री खड्काले देश निर्माणमा इन्जिनियरहरुले मौरीको भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो ।

Skip This