न्युरोड क्षेत्रको फुटपाथ बिस्तार कार्यमा स्थानीय र व्यवसायीको बिरोध


काठमाडाैँ । काठमाडौंको न्युरोड क्षेत्रको फुटपाथ बिस्तार कार्यमा स्थानीयले अवरोध गरेका छन् । शुक्रवार बिहानैबाट काठमाडौं महानगरपालिकाले फुटपाथ बिस्तारको काम थाले पनि स्थानीय र व्यवसायीहरुले बिरोध गरेका हुन् ।

स्थानीयहरुले न्युरोडमा फुटपाथ बढाउन नहुने बताएका छन् । स्थानीय र व्यवसायीहरु फुटपाथ बिस्तरको बिरोधमा उत्रिएपछि ठूलो संख्यामा नेपाल प्रहरी र महानगर प्रहरी खटाएको छ ।

उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः काम शुरु गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ बिस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

Skip This