विश्व चर्चित जापानी योकोहामा टायर अब नेपाली बजारमा


काठमाडौँ । विश्वकै सर्वोत्कृष्ट टायरको रुपमा स्थापीत योकोहामा टायर नेपाली बजारमा पनि भित्रिएको छ । अटो पार्टस इन्टरनेशनल ९एपीआई०ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्राएको हो ।

नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री वितरण गर्नेछ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको हो।

शुक्रबार ‘डिलर मिट’मार्फत् टायरको सार्वजनिक गरिएको हो । योकोहामा इन्डियाका प्रबन्ध निर्देशक हरिन्दर सिंहले योकोहामा समूहका लागि नेपाल महत्वपूणर् बजार रहेको भन्दै नेपालको भौगोलिक अवस्था र सडकअनुसार योकोहामाको टायर उपयुक्त र किफायती सावित हुने बताए ।

नेपालको भूगोलका लागि उपयुक्त टायर योकोहामा रहेको राबी गरेका उनले नेपाललाई विश्वस्तरीय टायर उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए ।

अटो पाट्रर्स इन्टरनेशनल (एपीआई) का प्रबन्ध निर्देशक सगुन कंसाकारले योकोहामासँगको साझेदारीप्रति उत्साह व्यक्त गर्दै नवीनतम र गुणस्तरका लागि विश्व प्रख्यात योकोहामासँग सहकार्य गर्न पाउँदा आफूहरुले सम्मानित महशुस गरेको बताउँदै नेपाली उपभोक्तालाई स्तरीय सेवा प्रदान गर्ने र नेपालको अटोमोबाइल क्षेत्रको विकासमा योगदान गर्ने लक्ष्य आफ्नो रहेको बताए ।

सन् १९१७ मा स्थापना भएको यस कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइन र प्रविधिमा समेत जोड दिने गरेको छ भने विश्वव्यापी रूपमा यसको उत्पादन र बजार विस्तार आक्रामक रहँदै आएको छ । १०७ वर्षको इतिहास बोकेको योकोहामाले आफ्नो उत्पादनमा सँधै उत्कृष्टता दिने गरेको विश्वास गरिन्छ ।

Skip This