मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार हो, अर्थमन्त्रालयले हस्तक्षेप गर्दैनः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रवार नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन हस्तक्षेप नगरेको बताएका छन् ।

शुक्रवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरुसँगको भेटमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन्।

मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको विषय भएकाले अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने जानकारी गराउँदै राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने तयारी गरेकाले शुक्रवार रोकिएको जानकारी आएको बताए।

अर्थमन्त्री पौडेलले राष्ट्र बैंकले छिटै मौद्रिक राम्रो मौदिक नीति ल्याउने विश्वास रहेको जनाउँदै राष्ट्र बैंक स्वायत्तता संस्था भएकाले क्षेत्राधिकार प्रयोग गर्ने विषयमा हस्तक्षेप हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताए।

सहकारी क्षेत्रमा समस्या लामो समयदेखि झाँगिदै जाँदा अहिले बाहिर आएको ठहर उनको छ । सहकारी समस्या आयो भन्दैमा सहकारी चाहिँदैन भन्ने ठाउँमा पुग्न नहुने बताए।

उनले सहकारी आवश्यक भएकाले कमजोर हुन दिनेगरी समस्याको गहिराईमा गएर सरकारले सहकारीका समस्या समाधान गर्ने बताए।

वचत तथा ऋण सहकारी संस्थाका वचत कर्ताको बचत संरक्षण गरी समस्या समाधान गर्नुपर्ने अवस्था रहेको पौडेलले जनाए। अर्थतन्त्रमा देखिएका समस्याको एक–एक गरेर समस्या समाधान गर्ने तयारीमा सरकार रहेको उनको भनाइ छ ।

सहकारी, भुक्तानी लगायत समग्र अर्थतन्त्रका समस्या समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।

अर्थमन्त्री पौडेलले भनने, मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको विषय हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मैले मौद्रिक नीति ल्याउनुहुन्छ भनेर सोधेको थिए । उहाँले राम्रो मौद्रिक नीति ल्याउने तयारीमा छौं । राष्ट्र बैंकले छिटै मौद्रिक नीति ल्याउँछौं भन्नुभएको छ । छिटै मौद्रिक नीति आउँछ भन्ने विश्वासमा छु । अर्थमन्त्रीले हस्तक्षेप गर्ने कुरामा विश्वास छैन । राष्ट्र बैंक स्वायत्तता संस्था हो । राष्ट्र बैंकको क्षेत्राधिकार प्रयोग गर्ने विषयमा हस्तक्षेप हुनुहुँदैन भन्ने मेरो मान्यता हो ।

उनले सरकारले समस्या सिर्जना भन्दा पनि किस्ता–किस्तामा समस्या समाधान गरी सापेक्षित रुपमा राजनीति स्थिरता कायम गर्ने र आर्थिक एजेण्डामा केन्द्रित भएर जाने जानकारी दिए।

—न्युज एजेन्सी नेपाल

Skip This