एकै दिन ८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे, ‘समस्या परे तुरून्त जानकारी दिनुः’ मन्त्रालय


काठमाडाैँ। एकै दिन ८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे, समस्या परेमा तुरुन्त जानकारी दिन मन्त्रालयको आव्हान

काठमाडौँ । बंगलादेशमा चलिरहेको विद्यार्थी आन्दोलनका कारण त्यहाँ अध्ययन गर्न गएका नेपाली विद्यार्थी प्रभावित हुन सक्ने भन्दै सरकारले तदारुकता देखाएको छ ।

आज (शनिवार) मात्र बंगलादेशका विभिन्न विश्वविद्यालयमा रहेका ८ सय बढी विद्यार्थीले बंगलादेशको सिमाक्षेत्रतर्फ गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली विद्यार्थीले कुनै पनि समस्या परेमा सम्पर्क गर्न मन्त्रालयले आव्हान गरेकोछ ।

परराष्ट्रमन्त्री आरजु देउवाले सन्देश दिँदै भनेकी छिन्, “बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ ।”

निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सकिनेछ । निवेदन दिनका लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ ।

मन्त्रालय समाजिक संजालमार्फत् पनि आवश्यक सूचना प्रवाह गरिरहेको छ।

यसअघि बंगलादेशस्थित नेपाली दुतावासले हिँसात्मक बन्दै गएको विद्यार्थी आन्दोलनदेखि टाढा बस्न र समस्यामा परेमा सम्पर्क गर्न फोन नम्बरहरु सार्वजनिक गरिसकेको छ ।

विदार्थीहरुले योजना बम्जन, ढाकास्थित नेपाली दूतावासको सहसचिवलाई +८८०१८८०६९१०१३ र रिया क्षेत्रीलाई +८८०१७४५४०७९५८ मा सम्पर्क गर्न सकिनेछ ।