कम्बोडियाको अलैंची राष्ट्रिय निकुञ्जमा लगभग लोप भइसकेका सियामी गोहीका पाँचवटा गुँड फेला परेका छन् । जुन २० वर्षभन्दा बढीमा भेटिएको सबैभन्दा ठूलो संख्या हो ।
एक संरक्षणवादी समूहले उक्त गुँडहरु फेला पारेको बताइएको छ । यी पाँच गुँडहरूमा १०६ वटा अण्डाहरू थिए । सियामी गोही अन्तर्राष्ट्रिय युनियन फर कन्जर्भेसन अफ नेचरको रेड लिस्टमा क्रिटिकली एन्जर्डको रूपमा सूचीकृत छ ।
विश्वभर करिव १ हजार सियामी गोहीहरू छन् । जसमध्ये कम्बोडियामा ३०० भन्दा बढी छन् ।
प्रतिक्रिया दिनुहोस्