वर्तमान सरकार देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान बनेको होः प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा आशा र उत्साहको सञ्चार गराई देशलाई तिब्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार बनेको बताएका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । देशप्रति आम जनताको भरोसा टुटेको डर लाग्दो अवस्था मुलुकमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा व्याप्त निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको बताए ।

“मलाई सबैभन्दा डर लागेको देशप्रति आम जनताको भरोसा टुटेको स्थिति । तिनको मनोबल नराम्ररी गिरेको अवस्था छ । देशमा व्याप्त यही गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,” उनले भने ।