प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची


काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

आइतवार दुई तिहाइ विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमवारको वैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्नेसमेतको कार्यसूची तय गरिएको छ।

आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।