काठमाडौँ । समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका ऋणीहरूलाई ऋण तिर्न आउने बारेको ३५ दिने सूचना जारी गरिएको छ ।
बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज (सोमबार) सो सूचना जारी गरेको हो ।
सो समयभित्र आफूले उपभोग गरेको ऋण कर्जाको दायित्व राफसाफ नगरेको खण्डमा प्रदेश सहकारी ऐन, २०७६ को दफा ९२ को उपदफा (१) खण्ड (क), (ख) र (ग) बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही हुने समेत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्