आँप खेतीको प्रवर्द्धन गर्न सरकारले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ: मन्त्री अधिकारी


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आँप खेतीको प्रवद्र्धन गर्न सरकारले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताएका छन् ।

आज खुमलटारमा कृषि मन्त्रालय, इसीमोड र आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिको संयुक्त आयाेजनामा भएको आँप सम्बन्धी विचारगोष्ठीमा बोल्दै मन्त्री अधिकारीले आँपको व्यवसायीक खेती प्रवद्र्धन गर्नको लागि सरकारबाट सञ्चालन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत सप्तहरी, धनुषा र स्याङ्जा जिल्लामा आँपको व्यवसायीक खेतीलाई जोड दिन विभिन्न अध्ययन अनुसन्धान र बगौँचा विस्तारको कार्यहरू भएकाे बताएका हुन् ।

उनले दिने आँप सम्बन्धी गोष्ठीको माध्यबाट आगामी दिनमा आँपसँग सम्बन्धीत विभिन्न समस्या पहिचान गर्ने यस क्षेत्रमा आवश्यक रणनीति तयार गरी अघि बढ्नको लागि सरोकारवालसँग आग्रह गरेका छन् । उनले भने, “यो गोष्ठीले अगामी दिनमा आँप बारीको संरक्षण, विकास र अध्ययनका कार्यहरूलाई एकिकृत रूपमा अघि बढाउन नीतिगत एंव संरचनागत सुधारमा सरकार हातेमाले गरेर अघि बढ्न तयार छ ।”

उनले कृषि मन्त्रालयको आर्थिक वर्ष २०७९\८० तथ्याङ्क अनुसार नेपालमा खेती हुने फलफूलका मध्ये आँप खेतीका धेरै जातहरू रहेको र यस बालीबाट कुल कृषि ग्रहस्था उत्पादन १.०६ प्रतिशत याेगदान दिएकाे दाबी गरे । उनले आँप खेती तराईँको क्षेत्रहरूमा आम्दानीका मुख्य स्रोतको रूपमा रहेको र यसले रोजगारी सिर्जना समेत गराएकाले अगामी दिनमा व्यवसायीक रूपमा उत्पादन गर्न पनि किसानलाई अपिल गरे ।

“आँप खेतीले वातावरण प्रदुषण, जलवायु परिवर्तन जस्ता नकारात्मक विषयहरूलाई न्युनिकरण गर्नको लागि महत्वपूर्ण योगदान दिएको अनुसन्धानहरूले बताएको छ । योसँगै प्रत्येक वर्ष आँप खेती प्रवद्र्धनको लागि स्थानीय तहमा बजेट पनि विनियोजन भएको छ”, उनले भने ।

Skip This