वर्तमान सरकार भ्रष्टाचारलाई जोगाउनको लागि बन्योः राष्ट्रिय सभा सदस्य पार्की


काठमाडाैँ । राष्ट्रिय सभाका सदस्य जगतबहादुर पार्कीले वर्तमान सरकार भ्रष्टाचार निर्मुल र सुशासन ल्याउन नभई भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन्।

सोमवार राष्ट्रिय सभा बैठकमा पार्कीले सरकारमा भ्रष्टचारमा संग्लन भएका मानिसहरु सहभागि भएकाले वर्तमान सरकारले भ्रष्टाचार निर्मुल गर्ने विश्वास नभएको बताए ।

उनले अघिल्लो सरकारले कुनै गलत काम नगरी भ्रष्टाचारका फाइल खोल्ने डरमा नयाँ गठबन्धन भएको दाबी गरे ।  पुष्पकमल दाहाल नेतृत्वको सरकारले इतिहासमा पहिलो पटक सबैभन्दा बढी भ्रष्टाचारीहरु जेल हाल्ने काम गरेको उनकाे भनाइ छ । भ्रष्टाचार र सुशासनको पक्षमा काम गरिरहेको सरकार ढाल्नुको औचित्य नहुने उनले बताए ।

उनले वर्तमान सरकार भ्रष्टाचार निर्मूल र सुशासन ल्याउन नभई भ्रष्टाचारीलाई जोगाउन नयाँ गठबन्धन बनेको भन्दै सरकारलाई जनताले विश्वास गर्ने वातावरण नभएको उल्लेख गरे ।