दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखियोः पूर्वअर्थमन्त्री महत


काठमाडाैँ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले एमाले–काँगेस दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताएका छन् ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए ।

उनले अब शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने बताए । उनले माग भन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए ।

पूर्वअर्थमन्त्री महतले शेयर बजार,जग्गा कारोबार लगायत क्षेत्रमा कर्जा प्रवाहको लागि सिमाहरु कायम राखेर गरेको माइक्रोम्यानेजमेण्टलाई विचार गर्नु आवश्यक रहेको बताए । उनले बैंकको ब्याजदरमा सहजता आएको बताउनु हुँदै शेयर बजार र घरजग्गा कारोबारमा रहेका सिमाहरूलाई खुकुलो गर्नुपर्ने बताए ।

Skip This