काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले मौद्रिक नीति निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।
सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिरहेको भन्दै मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताएका हुन् ।
उनले घरजग्गा कारोबार र शेयर कारोबारमा रहेका अप्ठ्याराहरू लाई फुकाउनुपर्ने बताए । लगानीयोग्य पुँजी बैंकहरुमा थुप्रिएर बसेको भन्दै मौद्रिक नीतिले त्यसलाई चलायमान बनाउनुपर्ने उनले उल्लेख गरे । उनले नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा सरकारले हस्तक्षेपमा गर्नु नहुने बताए ।
उनले मौद्रिक नीति सरकारले लिएको वित्तिय नीतिलाई समर्थन गर्नेगरी आउनुपर्ने उल्लेख गरे । मौद्रिक नीतिमा कुनै स्वार्थ समूह हाबी हुन नहुने पनि उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्