देशभर ८४ प्रतिशत धान रोपाइँ, मधेस प्रदेशमा सबैभन्दा कम


काठमाडौँ । साउनको पहिलो हप्तासम्म देशभर ८४.५ प्रतिशत रोपाई सम्पन्न भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार देशभर कुल १३ लाख ९८ हजार २७३ हेक्टर धान उत्पादन हुने खेत रहेकोमा साउन ६ गतेसम्म ११ लाख ८१ हजार ४७० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

गत वर्ष यस अवधिसम्म ७९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । मधेस प्रदेशमा सबैभन्दा कम ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो प्रदेशमा ३ लाख ८३ हजार १५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको मन्त्रालयको तथ्यांक छ । सोमध्ये हालसम्म ३ लाख ८ हजार ९०१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।

त्यस्तै कर्णालीमा ९३ र सुदुरपश्चिममा ९७ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै कोशी प्रदेशमा ८२, वाग्मतीमा ८३, गण्डकीमा ८४ र लुम्बिनी प्रदेशमा ८३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

Skip This