निर्माण व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक छः उपप्रधानमन्त्री सिंह


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएको बताएका छन् ।

मंगलवार नेपाल निर्माण व्यवसायी महासंघसँगको भेटमा उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको बताएका हुन् ।

उनले सरकारले निर्माण व्यवसायीहरुलाई सहज रूपमा काम गर्ने वातावरण बनाउने बताए । उनले निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरि काम गर्न आग्रह गरे ।

उनले भने, “पूर्वाधार विकास निर्माण व्यवसायीहरुको महत्वपूर्ण भुमिका रहेको छ । निर्माण व्यवसायीहरूलाई समस्यामा पार्दा राज्यलाई अफ्ठ्यारो पर्छ । निर्माण व्यवसायीहरूलाई काम गर्न सहज र सरकारका आयोजनाहरू समयमा निर्माण सम्पन्न हुने वातावरण बनाउन सरकार तयार छ । त्यसमा निर्माण व्यवसायीहरूको साथ चाहिन्छ ।”

भेटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको आवश्यक रहेको बताए।

Skip This