साउन २७ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै आँखुखोला जलविद्युत्


काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी साउन २७ गतेबाट १ः१.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो।

कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँबराबरको १ः१.५ अनुपातमा रु.१०० अंकित दरका १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सक्नेछन् भने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय तथा प्राइम कमर्सियल बैंक धादिङ,प्रभु बैंक शाखा कार्याल धादिङ,माछापुच्छ्रे बैंक सल्यानटार धादिङ र कुमारी बैंक धादिङवेशीमा रहेको शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त हकप्रदमा लगानीकर्ताले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले उक्त हकप्रद सेयरको सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत साउन १ गते बुक क्लोज गरेको थियो। यसर्थ असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

Skip This