कामना सेवा विकास बैंकको नाफा ६७ प्रतिशतले बढ्यो


काठमाडौँ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा ६६.९३ प्रतिशत नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ अपरिष्कृत वित्तीय विवरण अनुसार ६० करोड ३२ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६६.९३ प्रतिशतले बढी नाफा कमाएको हो ।

आर्थिक वर्ष २०८० ८१ मा बैंकले २ अर्ब १२ करोड ५२ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ब२.७८ प्रतिशतले बढी हो ।

बैंकको संचालन नाफा ९७ करोड ८४ लाख ५० हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५३.०८ प्रतिशतले बढी हो ।

बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख ८० हजार रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि १८.३८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४.४८ रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ भने जगेडा कोषमा २ अर्ब ११ करोड ५६ लाख रुपैयाँ राखेको छ ।

गत आर्थिक वर्षमा बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ कायम भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.४६ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा ५३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले ४५ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ बराबर कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७७ प्रतिशतले बढी हो ।