काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो ।



विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ ।

दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । यात्रुहरूको उद्धार कार्यमा नेपाल प्रहरी, आर्मी र सशस्त्रहरू खटिएका छन् ।

तस्विर: नेपाल आर्मी
प्रतिक्रिया दिनुहोस्